दशैंपछि खुलेको शेयरबजार अोरालो तर्फ

Post Date : October 16, 2016 | 5:02 pm

काठमाडाैं, ३० असोज । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १६.१४ अंकले घटेर १८०३.७४ बिन्दुमा पुगेको छ । कुल ३२५४ कारोवारबाट ७ लाख ६७ हजार ५४४ कित्ता शेयर किनबेच भई ६० करोड ८ लाख ६३ हजार ७१४ रुपैयाको कारोवार भएको छ ।

लामो दशैं बिदापछि खुलेको शेयरबजारमा सबै समूह अोरालो लागेको छ ।

वाणिज्य बैंकहरुको १५.४८ अंकले घटेर ३६ करोड १८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको ७२.३६ अंकले घटेर १ करोड २८ लाख लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । विकास बैंक समूहको ९.६८ अंकले बढेर ६ करोड १४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको १८.६७ अंकले घटेर ९२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । फाइनान्स समूहको ५.२७ अंकले घटेर ४६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बिमा समूहको ८१.४६ अंकले घटेर १३ करोड ७७ लाख रुपैयाको कारोवार भएकाे छ । । त्यस्तै अन्य समूहको ११.८६ अंकले घटेर ५४ लाख १२ हजार ८४० रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी कुमारी बैंक लिमिटेडको १७ करोड ७९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा प्रभु इन्स्योरेन्स लिमिटेडको ५ कराेड २९ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *