दश रुपैयाको नयाँ नोट छाप्ने सम्झौता

Post Date : February 1, 2017 | 1:02 pm

काठमाडौँ, १९ माघ । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले १० रुपैयाँ दरका २४ करोड नयाँ नोट छाप्नका लागि Oberthur Fiduciaire S.A.S., 7Avenue de Messine, 75008 Paris, France सँग सम्झौता गरेको छ ।

उक्त नोट छपाईका लागि २०७३ माघ १३ गते ३० लाख ६४ हजार ८ सय युरोको सम्झौता गरेको हो । बैंकले उक्त नोट छपाईको लागि १८ नोभेम्बर २०१६ मा बोलपत्र आह्वान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *