दश वर्षमा दशहजार मेगावाट विद्युत्

Post Date : May 8, 2016 | 6:50 pm

काठमाडौँ, २६ वैशाख । सरकारले आगामी १० वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य अगाडि सारेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसदमा आज घोषणा गर्नुभएको आर्थिक वर्ष २०७३/७४ को वार्षिक नीति तथा कार्यक्रममा सो कार्यक्रम समेटिएको हो ।

यस्तै, सरकारले सातवटै प्रदेशमा जलाशययुक्त आयोजना अगाडि बढाउने लक्ष्य अगाडि सारेको छ भने बहुउद्देश्यीय जलविद्युत् आयोजना अगाडि बढाउने र जनताको लगानीमा जलविद्युत् आयोजना अगाडि बढाई विदेशमा काम गर्ने नेपालीलाई सहभागी गराउने लक्ष्यसमेत राखिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *