दस हजार मेट्रिक टन सुपारी गोदाममै

Post Date : November 8, 2016 | 2:20 pm

काँकडभिट्टा (झापा), २३ कात्तिक । दुई वर्षदेखि किसानले उत्पादन गरेको करिब दस हजार मेट्रिक टन सुपारी गोदाममै थन्किएको छ ।

जिल्लामा उत्पादित सुपारीको माग बङ्गलादेशमा भएपनि सरकारले निर्यात खुला नगरिदिँदा लाखौँ रुपैयाँको सुपारी बुधबारेस्थित गोदामै सड्न थालेको नेपाल सुपारी खेती विकास संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडाले जानकारी दिनुभयो ।

जिल्लामा दुई हजार ६८५ हेक्टरमा वार्षिक ९ हजार ७०० मेट्रिक टनभन्दा बढी सुपारी उत्पादन हुने गरेको छ । यहाँ उत्पादन भएको काँचो सुपारी भारतले खरिद गर्न नमान्नु, नेपालमै प्रशोधन कारखाना नहुनु जस्ता कारणले किसान मारमा परेका अध्यक्ष खतिवडा बताउनुहुन्छ ।

जिल्लाका शनिअर्जुन नगरपालिका, बाहुनडाँगी, शान्तिनगर, बुधबारे, चारपाने, खुदुनाबारी, दुवागढी, धाइजनलगायत गाविसमा किसानले व्यावसायिक सुपारी खेती गर्दै आएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *