दाङको बिजौरीमा गोर्खाज फाइनान्सको शाखा

Post Date : June 6, 2017 | 2:21 pm

दाङ, २३ जेठ । गोर्खाज फाइनान्स लिमिटेडले दाङ जिल्लाको बिजौरीमा नयाँ शाखा संचालन गरेको छ । शाखाको उद्घाटन बिजौरी उद्योग वाणिज्य संघका मुकेश ओली र गोर्खाज फाइनान्सका संचालक प्रेम बहादुर खापुङले संयुक्त रूपमा गर्नु भएको छ ।

गोर्खाज फाइनान्सले १३ वटा शाखा र ४ वटा एटिएममार्फत ग्राहकवर्गलाई सेवा दिँदै आइरहको जनाएको छ ।

हाल गोर्खाज फाइनान्सको चुक्ता पूँजी ५७ करोड ८६ लाख रुपैयाँ रहेकोमा २ बराबर १ को अनुपातमा हकप्रद शेयरको रकम संकलन कार्य भइरहेको जनाएको छ । हकप्रद शेयर जारीपछि गोर्खाज फाइनान्सको चुक्ता पूँजी ८६ करोड ७९ लाख रुपैयाँ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *