दाङको लमहीमा एभरेष्ट बैंकको शाखा स्थापना

Post Date : May 30, 2016 | 11:03 am

काठमाडौं, १७ जेठ । एभरेष्ट बैंकले दाङको लमहीमा शाखा स्थापना गरेको छ । शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ए.के. अहलुवालिया र दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले संयुक्त रुपमा गर्नु भएको थियो ।
नेपाल राष्ट्र बैंकका निर्देशक भिष्मप्रसाद उप्रेती, जिल्लास्थित नेपाल सरकारका अधिकारी र उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको उक्त उद्घाटन कार्यक्रममा उपस्थिति रहेको थियो ।

बैंकको हाल ६१ वटा शाखा, ५ एक्सटेन्सन काउण्टर, २४ राजस्व संकलन काउण्टर र ८५ एटिएममार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । बैंकले तेस्रो त्रैमासिकसम्मा ७९ अर्ब ८१ करोड ८४ लाख रुपैया निक्षेप संकलन र ५९ अर्ब १८ करोड ३२ लाख रुपैया कर्जा प्रवाह गरी १ अर्ब २० करोड ९० लाख रुपैया खुद मुनाफा गरेको छ । त्यस्तै निष्क्रिय कर्जा भने ०.६३ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *