दुई कर्मचारी सङ्गठनबीच एकीकरण

Post Date : May 4, 2016 | 3:06 pm

काठमाडौँ, २२ वैशाख । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र स्वतन्त्र कर्मचारी युनियन कृषि विकास बैँकबीच आज एकीकरण भएको छ ।

कृषि विकास बैँकमा एकीकृत (माओवादी)का केन्द्रीय सदस्य एवम् फ्याक्सन सह–इन्चार्ज रामकुमार शर्माको प्रमुख आतिथ्यमा भएको ती सङ्गठनको एकीकरण घोषणासभामा कृषि विकास बैँकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकास सिटौलाले नेपालको ट्रेड युनियन आन्दोलनमा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै सकारात्मक सोच र अग्रणी भूमिकाबाट मात्र देशमा आर्थिक परिवर्तन ल्याउन सकिने धारणा राख्नुभयो ।

उहाँले बैँकको प्रगतिका लागि सम्पूर्ण कर्मचारी तथा सङ्गठनलाई एकतावद्ध भई लाग्न आग्रह पनि गर्नुभयो ।

नेपाल राष्ट्रिय कर्मचारी महासङ्घका अध्यक्ष मोहनमान स्वाँरले जुनसुकै विचारधाराबाट आएको भए पनि देशको आर्थिक विकास तथा कृषि विकास बैँकलाई प्रगतिको पथमा लैजानुपर्ने बताउनुभयो ।

स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष विमलप्रसाद शाहले कर्मचारी विभाजित भएर होइन, एकतावद्ध भएर देशको विकासमा लाग्नुपर्छ भन्नुभयो ।

एकीकरणपछि बनेको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष प्रेमप्रसाद खनालले बैँकमा नयाँ आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्न बैँक व्यवस्थापनसँग आग्रह गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *