देवः विकास बैंकको शाखा चितवनको खोलेसिमलमा

Post Date : October 7, 2016 | 3:42 pm

काठमाडौं, २१ असोज । देवः विकास बैंकले चितवनको खोलेसिमलमा शाखा संचालनमा ल्याएको छ । शाखाको बैंकका अध्यक्ष प्रा.डा. सुवर्णलाल बज्राचार्यले शुभारम्भ गर्नु भएको छ । यो सहित बैंकको शाखा संख्या ३७ पुगेको छ ।

साथै बैंकले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकले ४४ करोड ५ लाख ४४ हजार ३ सय ९० रुपैया बराबरको हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद शेयर निष्कानपछि बैंकको चुक्ता पूँजी १ अर्ब ३२ करोड रुपैया पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *