देवः विकास बैंकमा साझा विकास बैंक गाभिने

Post Date : April 7, 2017 | 2:48 pm

काठमाडौँ, २५ चैत । देवः विकास बैंकले साझा विकास बैंकलाई गाभ्ने भएको छ । दुई बैंकबीच गाभ्ने/गाभिने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा देवः विकास बैंकका अध्यक्ष प्रा.डा. सुवर्णलाल बज्राचार्य र साझा विकास बैंकका अध्यक्ष फकिरसिंह कडायतले हस्ताक्षर गर्नु भएको छ । देवः विकास बैंकले यसअघि युनियन फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने सम्झौता गरिसकेको छ ।

दुवै संस्था प्राप्तिपछि देवः विकास बैंकको चुक्ता पूँजी १ अर्ब ७२ करोड रुपैयाँ पुग्नेछ । त्यस्तै कुल निक्षेप ११ अर्ब रुपैयाँ र कर्जा प्रवाह ९ अर्ब ४५ लाख पुग्नेछ र शाखा सञ्जाल ४६ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *