देवः विकास बैंकले २ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने

Post Date : January 6, 2017 | 3:28 pm

काठमाडौँ, २२ पुस । देवः विकास बैंकले २ बराबर (२ः१) को अनुपातमा रु. १००।– अंकित दरका ४४ लाख ५ हजार ४ सय ४० दशमलब ३९ कित्ता हकप्रद सेयर मिति २०७३ माघ ९ गतेदेखि फागुन १५ गतेसम्म निष्काशन गर्दैछ ।

हकप्रद सेयर निष्काशनपश्चात बैंकको चुक्ता पूँजी १ अर्ब ३२ करोड १६ लाख ३२ हजार १ सय १७ रुपैयाँ पुग्नेछ । हकप्रद सेयरको निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *