धसिङ्ग्रेको कच्चा तेल उत्पादन सुरु

Post Date : September 19, 2016 | 1:27 pm

पाँचथर, ३ असोज । पाँचथरको दुई वटा गाविसबाट धसिङ्ग्रेको कच्चा तेल उत्पादन गर्न सुरु भएको छ ।

विभिन्न औषधिजन्य वस्तुका रुपमा प्रयोग गर्न सकिने धसिङ्ग्रे उत्पादन जिल्लाको लुङरुपा र सिदिनगाविसबाट एकैसाथ सुरु गरिएको हो ।

वनमा आफैँ उम्रिएको धसिङ्ग्रेको पात उसिनेर यसलाई मेसिनमा लगेर पिसेर तेल निकाल्ने गरिन्छ । यो तेल युरोपलगायतका मुलुकमा लगेर प्रशोधन गरेर सन्चो, मालिस गर्ने तेल, मुभ बनाउन प्रयोग गरिने बताइएको छ ।

सिदिन–३ स्थित बूढीथाम जडीबुटी तथा तेल उत्पादन केन्द्र र लुङरुपा–२ स्थित मकैबारी ठूलीटार सामुदायिक वनले कच्चा तेल उत्पादन गर्न सुरु गरेको सदरमुकाम फिदिममा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ पाँचथर जिल्ला अध्यक्ष देवी न्यौपानेले यो धसिङ्ग्रेको तेल अहिले दुई वटा उद्योगबाट दैनिक पाँच लिटर सम्मकच्चा तेल उत्पादन हुने र यो प्रतिलिटर रु दुई हजारदेखि तीन हजारसम्म बिक्री हुने गरेको बताउनुभयो ।

कर्मचारीको तलब कटाएर पनि दुवै उद्योगबाट मासिक रुपाँच लाखसम्म सामुदायिक वनले आम्दानी गर्ने अध्यक्ष न्यौपानेले बताउनुभयो । यो तेल काठमाडौँका विभिन्न कम्पनीमा खपत हुँदै गरेको बूढीथाम जडीबुटी तथा तेल उत्पादन केन्द्रका सचिव कृष्णकुमार गुरुङले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *