धितोपत्र बोर्डद्वारा हाम्रो विकास बैंकलाई १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्काशन अनुमति

Post Date : March 31, 2017 | 9:08 am

काठमाडौँ, १८ चैत । नेपाल धितोपत्र बोर्डले हाम्रो विकास बैंकलाई १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्काशनको अनुमति दिएको छ । बोर्डले ३० लाख ५८ हजार ३ सय ३९ कित्ता बराबर ३० करोड ५८ लाख ३३ हजार ९ सय रुपैयाँको हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो । बैंकको हालको चुक्ता पूँजी १५ करोड २९ लाख १६ हजार ९ सय ५० रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्काशनपछि बैंकको चुक्ता पूँजी ४५ करोड ८७ लाख ५० हजार ८ सय ५० रुपैयाँ पुग्नेछ ।

बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासिकमा १ अर्ब १७ करोड २१ लाख रुपैयाँ निक्षेप संकलन र १ अर्ब १ करोड ६५ लाख रुपैयाँ कर्जा प्रवाह गरी २ करोड १५ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । सो कम्पनीमा बैंकको निस्क्रिय कर्जा शून्य दशमलब ६२ प्रतिशत र कर्जा निक्षेप अनुपात ७४ दशमलब ६४ प्रतिशत रहेको छ । बैंकको २०७३/१२/१७ गते बिहीबार प्रति शेयर न्यूनतम मूल्य रु.५२५।– मा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *