धितोपत्र बोर्डले इन्टरनेशनल अर्गनाइजेसन अफ सेक्युरिटिजको एसोसिएट सदस्यता पायो

Post Date : August 3, 2016 | 11:56 am

काठमाडौं, १९ साउन । नेपाल धितोपत्र बोर्डले इन्टरनेशनल अर्गनाइजेसन अफ सेक्युरिटिज कमिसन (आयोस्को) को एसोसिएट सदस्यता प्राप्त गरेको छ । आयोस्को धितोपत्र बजारको नियमन गर्ने निकायको अन्तर्राष्ट्रिय संस्था हो । आयोस्कोले यही जुलाईदेखि लागू हुने गरी बोर्डलाई सदस्यता दिएको हो ।

धितोपत्र बजारलाई पूर्ण स्वचालित बनाई विभिन्न सुधारका काम गरेकोले लामो समयपछि मात्र सदस्यता प्राप्त भएको धितोपत्र बोर्डले जनाएको छ ।

धितोपत्र बोर्डले यसअघि जुन महिनामा एसोसिएसन अफ नेशनल नम्बरिङ एजेन्सिज (अन्ना) को सदस्यता पाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *