धितोपत्र बोर्डले दुई संस्थालाई १५ दिनभित्र शेयर बाँडफाँड गर्न निर्देशन

Post Date : February 12, 2017 | 1:27 pm

काठमाडौँ, १ फागुन । नेपाल धितोपत्र बोर्डले एफपिओ (फर्दर पब्लिक अफर) जारी गरेका दुई संस्थालाई १५ दिनभित्र शेयर बाँडफाँड गर्न निर्देशन दिएको छ ।

धितोपत्र बोर्डले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडलाई शेयर बाँडफाँड गर्न निर्देशन दिएको हो । यस निर्देशनले ३ लाख ७० हजारभन्दा बढी लगानीकर्ताले एफपिओको लागि दिएको निवेदनको ५५ अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी पाउनेछन् । यो रकम पुनः वित्तीय बजारमा जाने भएकोले बजारमा देखिएको तरलताको समस्या समाधानमा पनि केही सहयोग पुग्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *