धितोपत्र बोर्डले रिलायबललाई दियो अनुमति

Post Date : January 9, 2017 | 4:58 pm

काठमाडौँ, २५ पुस । काठमाडौँको सुन्धारा स्थित रजिस्टर्ड कार्यालय रहेको रिलायबल क्यापिटल लिमिटेडलाई धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा कार्य गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएको छ | रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा संचालित रिलायबल क्यापिटल लिमिटेडलाई हाल सेयर रजिस्ट्रेसन तथा लगानी व्यवस्थापन सम्बन्धी कार्य गर्ने अनुमतिपत्र प्राप्त भएको हो | चुक्ता पुँजी १०.५ करोड र अधिकृत पुँजी २० करोड रहेको यस क्यापिटलमा पूर्ण रुपमा रिलायबल डेभलपमेन्ट बैंकको लगानी रहेको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *