धितोपत्र बोर्डले सिद्धार्थ डेभलपमेन्ट बैंकलाई १०ः६ को अनुपात हकप्रद शेयर निष्काशनको स्वीकृति दियो

Post Date : March 31, 2017 | 10:57 am

काठमाडौँ, १८ चैत । सिद्धार्थ डेभलपमेन्ट बैंकलाई नेपाल धितोपत्र बोर्डले १० बराबर ६ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न स्वीकृति दिएको छ । बोर्डले ८५ लाख १५ हजार ६ कित्ता बराबर ८५ करोड १५ लाख ६ सय रुपैयाँको हकप्रद शेयर निष्काशनको स्वीकृति दिएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल लिमिटेड तोकिएको छ ।

बैंकको हाल चुक्ता पूँजी १ अर्ब ४१ करोड ९१ लाख रहेको छ । हकप्रद शेयर निष्काशनपछि बैंकको चुक्ता पूँजी २ अर्ब २७ करोड ६ लाख रुपैयाँ पुग्नेछ ।

बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासिकमा १४ अर्ब २१ करोड २३ लाख रुपैयाँ निक्षेप संकलन र १२ अर्ब १९ करोड २२ लाख रुपैयाँ कर्जा प्रवाह गरी १८ करोड ६८ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।

सिद्धार्थ डेभलपमेन्ट बैंकले जनता बैंक नेपाल लिमिटेडमा गाभिनको लागि सम्झौता गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *