धुर्मुस–सुन्तली बिओके लुम्बिनीको ब्राण्ड एम्बेसडर

Post Date : December 22, 2016 | 1:36 pm

काठमाडौँ, ७ पुस । बैंक अफ काठमाडू लुम्बिनी लिमिटेडले हाँस्य कलाकार एवं समाजसेवीद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । बैंकले आफ्नो सेवा र व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले धुर्मुस र सुन्तलीलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको बैंकले जनाएको छ ।

सो सम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र कलाकार सीताराम कट्टेलले हस्तारक्षर गर्नु भएको छ ।

बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को पहिलो त्रैमासिकमा ६९ अर्ब ३२ करोड ६३ लाख रुपैयाँ निक्षेप संकलन र ६१ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरी २७ करोड ९ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।

बैंकको हाल ७४ वटा शाखा, ६६ वटा एटिएम र ७ वटा एक्सटेन्सन काउन्टरबाट ग्राहकलाई बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *