नदीमा सेल्फी लिन लाग्दा किशोर वेपत्ता

Post Date : April 6, 2017 | 11:49 am

गुलरिया (बर्दिया), २४ चैत । बर्दियाको राजापुरस्थित कर्णाली नदीमा नुहाउने क्रममा एक १६ वर्षीय बालक बेपत्ता भएका छन् ।

बर्दियाको राजापुर र कैलालीको सत्तीघाटलाई जोड्ने कर्णाली पुलमा नुहाउँदै गरेको फोटो (सेल्फी) खिच्दै गर्दा पानीमा खसेर राजापुर–११ बस्ने रुपेश श्रेष्ठ बेपत्ता भएका हुन् ।

हिजो दिउँसो साढे १ बजेतिर साथीसँगै छोरो घरबाट निस्केको बालकको बुबा राजु श्रेष्ठले बताउनुभएको छ । उनी श्रेष्ठका जेठा छोरा हुन् ।

बालक नदीमा खसेको खबर पाउनासाथ आफूहरु घटनास्थलमा खटिएको इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक बलबहादुर थापाले बताउनुभयो ।

अहिले इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक थापा र शसस्त्र प्रहरी बल राजापुरका सहायक निरीक्षक मानबहादुर चौधरीको नेतृत्वमा खटाइएको टोलीले बेपत्ता बालकको खोजी कार्य गरिरहेको र अहिलेसम्म फेला पार्न नसकेको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *