नबिलसहित सातवटा बैंकले अर्घाखाँची सिमेन्टको क्षमता विस्तारका लागि लगानी गर्ने

Post Date : August 12, 2016 | 2:30 pm

काठमाडौं, २८ साउन । नबिल बैंकको अगुवाईमा सातवटा बैंकले अर्घाखाँची सिमेन्ट प्रा.लि.को क्षमता विस्तारका लागि २ अर्ब ८९ करोड रुपैया लगानी गर्ने सम्झौता भएको छ । अन्य लगानी गर्ने बैंकहरूमा नेपाल बैंक, एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक र सेन्चुरी बैंक रहेको जनाइएको छ ।

अर्घाखाँची सिमेन्टले आफ्नो उत्पादन क्षमता प्रतिदिन १२ सय मेट्रिक टनबाट बढाएर ३ हजार मेट्रिक टन पुरयाउन ४ अर्ब १३ करोड रुपैया बढीको लगानी थप गरेको छ ।

सिद्धार्थ ग्रुप, मुरारका अर्गनाइजेसन, केडिया अर्गनाइजेसन र भारतको उमा सिमेन्ट इन्टरनेशनलको संयुक्त लगानी अर्घाखाँची सिमेन्टमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *