नबिल फाउण्डेसनद्वारा विद्यँलयलाई शैक्षिक सामाग्री वितरण

Post Date : January 29, 2018 | 8:57 pm

काठमाडौँ, ९ माघ । नबिल बैंकद्वारा प्रवद्र्घित नबिल फाउण्डेसनले बाटुलेचौरको गोकर्णेश्वर स्थित श्री राम जानकी आधारभूत विद्यालयका कक्षा ८ सम्मका स–साना छात्रछात्राहरुलाई ब्याग तथा सिसा कलम बितरण गरेको छ । नबिल फाउण्डेसनका अध्यक्ष श्री दयाराम गोपाल अग्रवाल तथा संचालक माधव प्रसाद रेग्मीले सरस्वती पूजाको दिन सो सामाग्री विद्यँलयका छात्रछात्राहरुलाई बितरण गर्नु भयो । सो कार्यक्रम गोकर्णेश्वर नगरपालिकाका मेयर श्री सन्तोष चालिसे तथा शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरी लम्सालको अातिथ्यमा सम्पन्न भएको थियो ।

श्री राम जानकी आधारभूत विद्यँलय परिवारले छात्रछात्राहरुलाई सहयोग स्वरुप उपलब्ध भएका सर सामानका लागि फाउण्डेसन परिवारलाई धन्यवाद प्रदान गरेको थियो । सोही अवसरमा फाउण्डेसनका अध्यक्ष श्री दयाराम गोपाल अग्रवालले शिक्षा क्षेत्रमा केही सहयोग गर्न सकिएको खुसी ब्यक्त गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *