नबिल बैंकका अध्यक्षद्वारा विद्मालय भवन उद्घाटन

Post Date : March 2, 2018 | 5:46 pm

काठमाडौँ, १८ फागुन । नबिल बैंकका अध्यक्ष श्री शम्भु प्रसाद पौड्यालले फाटकशिला, सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं. १३ स्थित श्री फटकशिला माध्यमिक विद्मालय भवनको उद्घाटन गर्नुभएको छ । मिति २०७२ साल बैशाख १२ गते र बैशाख २९ गते गएको विनाशकारी भूकम्पबाट अति प्रभावित भएको उक्त विद्मालयको निर्माणका लागि बैंकका कर्मचारीहरुद्वारा सहयोग स्वरुप नगद रु ४०१,७८३ मिति २०७३/८/८ मा प्रदान गरिएको थियो । उक्त रकमको सहयोग मार्फत निर्माण गरिएको २ कोठे भवनको उदघाटन कार्यक्रममा यस बैंकका संचालक तथा नबिल फाउण्डेसनका अध्यक्ष श्री दयाराम गोपाल अग्रवाल, बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत श्री अनिल केशरी शाह, यस बैंकका नायब महाप्रबन्धक तथा नबिल फाउण्डेसनका संचालक श्री रमेश प्रसाद लोहनी, बैंकका धुलिखेल शाखाका शाखा प्रबन्धक श्री धर्म राज बंजाराका साथै बैंकका कर्मचारी संघका उपाध्यक्ष श्री पूर्ण बहादुर भाट लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको कुरा बैंकद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तीमा जनाइएको छ ।

श्री फटकशिला माध्यमिक विद्मालयका विद्मार्थीहरुको अध्ययनमा सहजता होस् भन्ने हेतुले नबिल बैंकका कर्मचारीहरुद्वारा आफ्नो तलबबाट कट्टा गरी सहयोग रकम प्रदान गरिएको थियो । नव निर्मित भवनका कक्षा कोठाहरुको व्यवस्थापन तथा संचालनका लागि नबिल बैंकद्वारा प्रवर्द्धित नबिल फाउण्डेसनले विद्मालय व्यवस्थापन समितिलाई रु २२६,५०० रकम बराबरको थप सहयोग प्रदान गरेको छ । विद्मालय भवन उद्घाटन कार्यक्रममा विद्मार्थीहरुले साँस्कृतिक नृत्य प्रदर्शन गरेका थिए । साथै नबिल बैंकले सो कार्यक्रममा विद्मालय सुचारु रुपमा संचालन तथा प्रभावकारी व्यवस्थापन गरे बापत विद्मालयका अध्यक्ष श्री लक्ष्मण दनुवार, निवर्तमान अध्यक्ष श्री बेदलाल दनुवार तथा प्रधानाध्यापक श्री ईश्वर प्रसाद चौलागाईलाई सम्मानित गर्दै कदर पत्र प्रदान गरेको छ । सोही कार्यक्रममा विद्मालयलाई जग्गा उपलब्ध गराउने जग्गादाता श्री बद्रि प्रसाद दंगाल तथा विद्मालयका दीर्घसेवी श्री अनिरुद्घ दंगाललाई पनि बैंकले सम्मानित गरेको छ ।

बैंकका अध्यक्ष श्री पौड्यालले श्री फटकशिला माध्यमिक विद्मालयका विद्यार्थीहरुको शैक्षिक विकासमा योगदान पुरयाउने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्नु भएको थियो । साथै विद्मालयका परिवारले नबिल बैंक तथा बैंकका कर्मचारीहरुलाई भवन निर्माण तथा संचालन कार्यमा सहयोग गरे बापत धन्यवाद प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *