नबिल बैंकका ३ नयाँ शाखा उद्घाटन

Post Date : April 3, 2018 | 4:57 pm

काठमाडौँ, २० चैत । नबिल बैंकले बिरेन्द्रनगर सुर्खेत, टिकापुर कैलाली र लमही दाङ गरी तीन वटा नयाँ शाखाहरुको औपचारिक उद्घाटन गरेको छ । ती मध्ये बिरेन्द्रनगर सुर्खेत शाखा कार्यालयको उद्घाटन कर्णाली प्रदेशका मुख्य मन्त्री श्री महेन्द्र बहादुर शाही तथा बैंक संचालक समितिका अध्यक्ष श्री शम्भु प्रसाद पौड्यालले संयुक्त रुपमा गर्नु भएको थियो । साथै टिकापुर कैलाली र लमही दाङ शाखाहरुको उद्घाटन बैंक संचालक समितिका अध्यक्ष श्री शम्भु प्रसाद पौड्यालले गर्नु भएको थियो ।

बिरेन्द्रनगर सुर्खेत शाखा उद्घाटन समारोहमा कर्णाली प्रदेशका मुख्य मन्त्री श्री महेन्द्र बहादुर शाहीले भन्नुभयो ‘नबिल बैंक यस प्रदेशमा आएकोमा स्वागत गर्न चाहान्छौ र नबिल बैंक यस प्रदेशका जनताको बित्तीय तथा आर्थिक उन्नतीमा हातेमालो गरोस भन्ने अपेक्षा राख्दछौं । यस शाखा कार्यालय सहित कर्णाली प्रदेशमा थप पाँच वटा शाखा संचालन गर्ने बैंकको योजना रहेको सुन्न पाँउदा हामीलाई अत्यन्त खुशी लागेको छ र ती शाखाहरु सक्दो चाँडो संचालनमा आउन भन्ने आग्रह गर्न चाहान्छौ । प्रदेशको तर्फबाट आवश्यक सहयोग पूर्ण रुपमा रहने समेत प्रतिवद्धता ब्यक्त गर्न चाहान्छौ । बैंकले दिने सेवा सुविधाहरुबाट कर्णाली प्रदेशको विकासमा महत्वपूर्ण योगदान रहने विश्वास हामीले लिएका छौैं । साथै नबिल बैंकलाई यस कर्णाली प्रदेशमा बिकास सहयोगी साझेदारका रुपमा पाँउदा प्रदेशबासीका तर्फबाट खुला दिलले स्वागत धन्यवाद ब्यक्त गर्दै उच्च सफलताको कामना गर्दछु ।

सोही समारोहमा बैंकका अध्यक्ष श्री शम्भु प्रसाद पौड्यालले भन्नुभयो ‘ग्राहक सुविधा उपलब्धताको लागि धेरै शाखा विस्तार गर्ने योजना अनुरुप नयाँ शाखाको रुपमा सुर्खेत शाखाको उद्घाटन गर्न पाँउदा हामीलाई खुशि लागेको छ । व्यवसायिक र प्रभावकारी बैंकिङ्ग सुविधाहरु प्रदान गर्न र समाजका बृहत एवं छरिएर बसेका समुदायको बैंकिङ्ग आवश्यकता नविनत्म रुपले परिपुर्ति गर्ने तथा सधैं उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता रहनेछ ।’ सो अवसरमा नबिल बैंकले आधुनिक ब्यवसायिक बैंकिङ्ग प्रणाली शुरुवात गरि देशमा समग्र उद्यमशिलता, रोजगारी सृजना तथा परिमाणात्मक रुपले सरकारी ढुकुटीमा पुर्याएको योगदान बाट हामी सवैलाई गौरवको अनुभुति भएको समेत धारणा ब्यक्त गर्नु भयो ।

उक्त अवसरमा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भन्नुभयो ‘बैंकको थप नयाँ शाखाहरुबाट ग्राहक महानुभावहरुले सम्पूर्ण बैंकिङ्ग सुबिधाहरु प्राप्त गर्न सक्नु हुनेछ । देशको अग्रणी स्थानमा रहन सफल नबिल बैंकले अनवरत रुपमा आफ्ना सेवा तथा सुबिधाहरु समाजका विभिन्न तह र तप्काका बढि भन्दा बढि ग्राहकहरुलाई उपलब्ध गराउने उद्देश्य अनुरुप देशका विभिन्न ठाँउमा आफ्नो शाखा कार्यालयको संजाल बढाउदै लगिरहेको छ ।”

“नबिल बैंकले ६२ वटा शाखाहरुको बृहत सञ्जाल, १०९ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरु संगै अघि बढ्ने विश्वास लिएको छ,” सो अवसरमा शाहले भन्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *