नबिल बैंकको खुद मुनाफा १ अर्ब ७५ करोड रुपैयाँ

Post Date : February 11, 2017 | 2:59 pm

काठमाडौँ, २९ माघ । नबिल बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को दोस्रो त्रैमासिकमा १ खर्ब २० अर्ब ६७ करोड ६ लाख रुपैयाँ निक्षेप संकलन र ९० अर्ब ३० करोड १ लाख रुपैयाँ कर्जा लगानी गरी १ अर्ब ७५ करोड ४० लाख २१ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको खराब कर्जा शून्य दशमलब ९० प्रतिशत रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी ६ अर्ब १८ करोड ३५ लाख ४० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७ अर्ब २० करोड ७७ लाख १ हजार रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *