नबिल बैंकको तेस्रो त्रैमासिकमा २ अर्ब ६८ करोड खुद मुनाफा

Post Date : May 3, 2017 | 3:56 pm

काठमाडौँ, २० वैशाख । नबिल बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकमा १ खर्ब १७ अर्ब ५ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन र ९० अर्ब ५५ करोड ४७ लाख रुपैयाँ कर्जा प्रवाह गरी २ अर्ब ६८ करोड ३७ लाख ४० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको सोही अवधिमा निस्क्रिय कर्जा ०.९५ प्रतिशत र कर्जा निक्षेप अनुपात ७९.७५ प्रतिशत रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी ६ अर्ब १८ करोड ५५ लाख ७ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८ अर्ब ९ करोड ३२ लाख ५९ हजार रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *