नबिल बैंकको शाखा जोरपाटीमा स्थानान्तरण

Post Date : April 2, 2017 | 4:52 pm

काठमाडौँ, २० चैत । नबिल बैंकले जोरपाटी शाखा आज आइतबार का.म.पा. वडा नं. ६ पिपलबोट बौद्धमा रहेको आधुनिक व्यावसायिक भवनमा स्थानान्तरण गरेको छ । बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले बैंकका संचालकहरु तथा अन्य कर्मचारीहरुको उपस्थितिमा बैंकको स्थानान्तरण गरिएको शाखामा आयोजित एक कार्यक्रममा उद्घाटन गर्नुभयो ।

नबिल बैंकले स्थानान्तरित शाखाबाट ग्राहक महानुभावहरुलाई बंैकिङ्ग सेवा तथा सुविधाहरु अझ सहज र सरल रुपमा उपलब्ध गराउने उद्देश्य राखेको छ । बैंकको उक्त शाखामा पर्याप्त पार्किङको सुविधा रहेको छ । बैंकको सो शाखाबाट ग्राहक महानुभावहरुले सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सक्नु हुनेछ । नबिल बैंकले अनवरत रुपमा आफ्ना सेवा तथा सुबिधाहरु समाजका विभिन्न क्षेत्र र तप्काका बढि भन्दा बढि ग्राहकहरुलाई उपलब्ध गराउने उद्देश्य अनुरुप देशका विभिन्न क्षेत्रका आफ्नो शाखा कार्यालयहरुको सञ्जाल बढाउँदै लगिरहेको प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।

बैंकले ५२ वटा शाखा, ९५ वटा एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्नो सरोकारवालाहरु संगै अघि बढ्ने विश्वास राखेको समेत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *