नबिल बैंकद्वारा बर्न्स् भायोलेन्स् सरभाईभर्स नेपाललाई सहयोग प्रदान

Post Date : June 15, 2017 | 2:29 pm

काठमाडौँ, १ असार । नबिल बैंकले एशोसिएशन अफ सेन्ट मेरिज एल्मुनाई नेपाल (ASMAN) सँग सहकार्य गरी बर्न्स् भायोलेन्स् सरभाईभर्स नेपाल (BVS Nepal) लाई एकलाख रुपैयाँ बराबरको खाने कुरा, स्टेशनरी, स्कुल ब्याग, छाता, जुत्ता पालिस, नरिवलको तेल, पौष्टिक आहार तथा अन्य दैनिक रुपमा आवश्यक पर्ने सामाग्रीहरु प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यी सामाग्रीहरु २० जना बालबालिकाहरुलाई वितरण गर्नको लागि २०७४ जेठ ३० गते बर्न्स् भायोलेन्स् सरभाईभर्स नेपाललाई हस्तान्तरण गरिएको बैंकद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

बन्र्स् भायोलेन्स् सरभाईभर्स नेपाल आगलागीबाट हुने हिंसा/दुर्घटनाका पीडित महिला तथा बालबालिकाहरूको संरक्षण, रोकथाम, वकालत, दीर्घकालीन स्वास्थ्यलाभ तथा पुनर्वासका कामहरूमा समर्पित रहँदै आएको संस्था हो । स्थापना भएको समयदेखि उक्त संस्थाले ६०० भन्दा बढी आगलागीबाट पीडित बिरामीहरूलाई चिकित्सा तथा सर्जिकल सहयोग उपलब्ध गराएको छ । आगलागीबाट पीडित बालबालिकाहरूलाई शिक्षा आर्जन गर्न सहयोग पुरयाउने उद्देश्यले नबिल बैंकले BVS Nepal सँगको सहकार्यमा शैक्षिक तथा दैनिक रूपमा आवश्यक पर्ने सामाग्रीहरू प्रदान गरेको हो ।

नबिल बैंकका नायब महाप्रवन्धक रमेश प्रसाद लोहनीले उक्त सामाग्रीहरु BVS Nepal लाई हस्तान्तरण गर्नु हुँदै यस्तो पवित्र सेवामा सहभागि हुन पाएकोमा सन्तुष्टी व्यक्त गर्नु भएको थियो ।

नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शैक्षिक कृयाकलाप, विज्ञान तथा प्रविधि, स्वास्थ्य, साहित्य तथा कला आदि विभिन्न सामाजिक कल्याणका क्षेत्रमा निरन्तररुपमा सहयोग प्रदान गरी अझ बढी प्रतिवद्धताका साथ लागि पर्ने समेत प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *