नबिल बैंकलाई आस्बा (ASBA) सदस्यता प्राप्त

Post Date : January 16, 2017 | 5:31 pm

काठमाडौँ, ३ माघ । नबिल बैंक लिमिटेडलाई नेपाल धितोपत्र बोर्डबाट आस्बा (Account Supported by Blocked Accounts- ASBA) सदस्यता प्रदान गरिएको छ ।

आस्बा पद्दतिमा शेयर तथा धितोपत्रको कारोबार गर्दा आवेदन फारममा माग गरिएको संख्याको आधारमा आवश्यक रकम बैंक खातामा रोक्का जनाइ आवेदकको बैंक खातामा नै राखिन्छ । उक्त रकम शेयरको बाँडफाँड पश्चात खाताबाट आवश्यक रकम कट्टा गरी बाँकी रकम खातामा फुकुवा गरिन्छ ।

नबिल बैंकको आस्बा सदस्यताबाट बैंकले आफ्ना ग्राहकहरुलाई शेयर बाँडफाँड पश्चात चेक संकलन गर्ने, फिर्ता गरेको चेक संकलनमा ढिलाई हुने जस्ता झन्झटहरुबाट मुक्त पार्नेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृतसशिन जोशीले आस्बा सदस्यता सेवाले आफ्ना ग्राहक महानुभावहरुलाई थप सुविधा प्रदान गर्नेछ तथा शेयर कारोबार गर्ने विद्यमान झन्झटिलो प्रक्रियाबाट मुक्ति दिलाउने धारणा व्यक्त गर्नुभएको प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *