नबिल बैंकले शेयरधनीलाई ४५ प्रतिशत लाभांश दिने

Post Date : September 6, 2016 | 9:52 pm

काठमाडौं, २१ भदौ । नबिल बैंकले आर्थिक वर्ष २०७२/७३ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ४५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंक संचालक समितिको बैठकले शेयरधनीलाई ३० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई पारित गरेको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिने जनाएको छ । बैंकले गत आ.व. २०७२/७३ मा २ अर्ब ८२ करोड १५ लाख ६४ हजार रुपैया खुद मुनाफा गरेको छ ।

बैंकको हाल ४ अर्ब ७५ करोड ६५ लाख ७० हजार रुपैया अर्थात १ अर्ब ४२ करोड ६९ लाख ७१ हजार रुपैया थप भई चुक्ता पूँजी ६ अर्ब १८ करोड ३५ लाख ४२ हजार रुपैया पुग्नेछ । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी ८ अर्ब रुपैया नबिल बैंकले आ.व. २०७३/७४ को मुनाफाबाट सजिलै पुरयाउन सक्नेछ ।

बैंकले आ.व. २०७२/७३ मा १ खर्ब १० अर्ब २६ करोड रुपैया निक्षेप संकलन र ७७ अर्ब ७३ करोड रुपैया कर्जा प्रवाह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *