नबिल बैंको ३ नयाँ सेवाहरू संचालनमा

Post Date : April 24, 2016 | 8:03 am

नबिल बैंकले नयाँ सेवाहरू संचालनमा ल्याएको छ । बैंकले स्मार्ट बैंक, शेयर कर्जा र शेयर खाता गरी तीनवटा सेवा संचालनमा ल्याएको हो । नबिल स्मार्ट बैंक हालको मोबाइल बैंकिङको परिमार्जित सेवा हो । स्मार्ट बैंक मार्फत नबिल बैंकबाट मात्र रकमान्तर हुने नभई इ–सेवा नेटवर्कमा रहेका ३४ बैंकमा रकमान्तर गर्न सकिने बैंकले जनाएको छ ।

बैकले डिम्याट शेयरको धितोमा ७.९९ प्रतिशत व्याजदरमा कर्जाको व्यवस्था पनि गरेको छ ।

त्यस्तै, शेयर लगानीकर्ताहरुले नबिल बैंकको खातामा सूचीकृत कम्पनीले दिने नगद लाभांश सोझै प्राप्त गर्ने गरी शेयर खाता सेवा पनि संचालनमा ल्याएको छ । यस्तो खातामा शेयरको प्राथमिक निष्काशनमा नपरेको फिर्ता रकमसमेत प्राप्त गर्न सकिने छ । ग्राहकले मोबाइल एप्सबाट यस्तो सेवा प्रयोग गर्न सक्नेछन् । मोबाइल एप्स प्रयोग गर्न सजिलो रहेको पनि बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *