नबिल बैंक फ्रष्ट एण्ड सलिभन “बेस्ट प्राक्टीसेज अवार्ड” बाट सम्मानित

Post Date : November 15, 2016 | 12:35 pm

काठमाडौँ, ३० कात्तिक । नबिल बैंंक फ्रस्ट एण्ड सलिभनद्वारा प्रदान गरिएको “बेस्ट प्राक्टीसेज अवार्ड: २०१६” को उत्कृष्ट वित्तीय संस्था” बाट सम्मानित भएको छ । पूर्व अर्थमन्त्री डा. राम शरण महतले नोभेम्बर ९, २०१६ मा आयोजित एक कार्यक्रममा बैंकको तर्फबाट प्रमुख जोखिम अधिकृत अनिल कुमार खनाललाई उक्त पुरस्कार प्रदान गर्नु भएको थियो ।

उक्त अवसरमा अनिल कुमार खनालले भन्नुभयो “प्रतिष्ठित पुरस्कार प्राप्त गर्नु बैंकको लाीग गौरवको बिषय हो र यसबाट बैंकलाई सरोकारवालापक्षको बृहत्तर हितमा काम गर्न अझै प्रेरणा मिलेको छ” । सोही अवसरमा उहाँले नबिल बैंक देशकै पहिलो निजी क्षेत्रको संयुक्त लगानीमा स्थापित बैंक भएकाले नेपालमा आधुनिक बैंकिङ्ग प्रणालीका निम्ति अग्रणी भूमिका खेली निरन्तर सेवा वृद्धि तथा ग्राहको माग अनुसार आफ्ना सेवाहरु उपलब्ध गराई राखेको र सो नै बैंक सफलताको सूत्र भएको जानकारी दिनु भयो ।

नबिल बैंक २०१६ मा नै “उत्कृष्ट वित्तीय संस्था” बाट सम्मानित भएको यो दोस्रो पटक हो । बैंंकले अगष्ट १९, २०१६ मा “तेस्रो न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१६” मा “सर्वोत्कृष्ट वाणिज्य बैंक” सम्मान प्राप्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *