नबिल बैंक सबै भन्दा बढी कर दाखिला गर्ने बैंक

Post Date : November 17, 2016 | 12:25 pm

काठमाडौँ, २ मङ्सिर । आर्थिक वर्ष २०७१/७२ मा बैंक तथा वित्तीय संस्थामध्ये सबै भन्दा बढी कर दाखिला गरे बापत नबिल बैंक आन्तरिक राजस्व विभागबाट सम्मानित भएको छ । उप प्रधानमन्त्री तथा अर्थ मन्त्री कृष्ण बहादुर महराले पाँचौ राष्ट्रिय कर दिवस २०७३ को उपलक्ष्यमा आन्तरिक राजस्व विभागद्वारा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रबाट बढि कर राजस्व योगदान गर्ने करदातालाई सम्मान प्रदान गर्नु भएको थियो । सो कार्यक्रममा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अनिल कुमार खनाललाई उक्त सम्मानपत्र प्रदान गर्नु भएको थियो ।

बैंक तथा वित्तीय संस्थामध्ये सबै भन्दा बढी कर दाखिला गरेर राष्ट्र निर्माणको लागि योगदान पुरयाउन पाउँदा बैंक परिवार निकै गौरवान्वित भएको कुरा विज्ञप्तीमा जनाइएको छ ।

नबिल बैंक २०१६ मा हालै फ्रस्ट एण्ड सलिभनद्वारा प्रदान गरिएको “बेस्ट प्राक्टीसेज अवार्ड: २०१६ को उत्कृष्ट वित्तीय संस्था” बाट पनि सम्मानित भएको छ । साथै बैंंकले अगष्ट १९, २०१६ मा “तेस्रो न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१६” मा “सर्वोतकृष्ट वाणिज्य बैंक” सम्मान समेत प्राप्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *