नयाँ अार्थिक वर्षको पहिलो दिन शेयरबजारमा हरियो झण्डा

Post Date : July 16, 2017 | 4:22 pm

काठमाडौँ, १ साउन । धितोपत्र बजारले नयाँ आवलाई हरियो झण्डा देखाएर स्वागत गरेको छ । कारोबार रकम उल्लेख्य रुपमा बढी नभए पनि आव २०७४/७५ को पहिलो दिन बजार बढेको नेपाल स्टक एक्चेन्जले जनाएको छ ।

कुल १४९ कम्पनीका करिब १२ लाख ९४ हजार कित्ता सेयर करिब रु ६८ करोड १३ लाख मूल्यमा कारोबार भएको हो । कुल ०.९ विन्दुले बढेको बजार एक हजार ५८३ विन्दुमा पुगेर रोकिएको छ । उपसूचकमा भने बैंकिङ २.४१, वित्त क्षेत्र १०.९३ र बीमा समूह १.४८ बिन्दुले बढेको छ ।

होटल ५.८२, विकास बैंक ०.४४, जलविद्युत् समूह ८.९१, उत्पादन समूह ०.२१ र अन्य समूह ५.५ बिन्दुले घटेका छन् । बजारलाई बैंक, वित्त र बीमा समूहले मात्रै हरियो झण्डा देखाउने अवस्थामा पु¥याएका हुन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *