नयाँ र पुराना मुद्रा अङ्कित टिकट प्रदर्शनी हुने

Post Date : July 6, 2017 | 12:10 pm

काठमाडौँ, २२ असार । नेपाल फिलाटेलिक सोसाइटीले बैंक नोटको विगतदेखि वर्तमानसम्मको परिचय दिने उद्देश्यले मुलुकमा हालसम्म प्रचलनमा ल्याइएका मुद्रा तथा कागजी नोट र हुलाक टिकट सङ्कलन गरेको छ ।

सोसाइटीको स्वर्णजयन्तीका उपलक्ष्यमा यही असार २३ देखि २६ गतेसम्म नेपाल कला परिषद्मा ती सङ्कलनको ‘हुलाक वस्तुमा नेपाली मुद्रा तथा नेपाली नोटको संयुक्त प्रदर्शनी’ गरिनेभएको छ । करिब सात दशकअगाडि देखि प्रकाशनमा ल्याइएका नेपाली सिक्का तथा कागजी मुद्रा अङ्कित टिकट उक्त प्रदर्शनीमा प्रस्तुत गरिने सोसाइटीका अध्यक्ष शङ्कर श्रेष्ठले जानकारी दिनुभयो ।

विसं २०२३ देखि सो संस्थाले प्रत्येक दुई/दुई वर्षमा प्रदर्शनी गर्दै आएको छ । हुलाक टिकटमा अङ्कित सिक्का तथा मुद्रासम्बन्धी हुने प्रदर्शनी तेस्रो पटक गर्न लागेको आयोजकले जनाएका छन् ।

अन्तर्राष्ट्रिय तहमासमेत हुलाक टिकट प्रदर्शन गरी नेपालका सम्पदा तथा मुद्राका बारेमा जानकारी गराउँदै आएको सो संस्थाले मुलुकमा रहेका नोट सङ्कलक सङ्घसंस्थाका प्रतिनिधि तथा विज्ञसँग सर्वसाधारण सहभागीको अन्तरक्रिया पनि गराइनेछ ।

विशेषगरी हुलाक टिकट तथा प्राचीन मुद्रा सङ्कलनका क्षेत्रमा क्रियाशील सोसाइटीले समाजसेवाका विभिन्न कार्यक्रम गर्दै आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *