नयाँ सिलिण्डरको बिक्रीले ग्यास असहज

Post Date : May 4, 2016 | 3:07 pm

पोखरा, २२ वैशाख । ग्यास उद्योगले नाफा कमाउने उद्देश्यले भूमिगत बिक्रेता नियुक्त गरी नयाँ सिलिण्डर बिक्री वितरण गरिरहेका कारण उपभोक्ताले सहज ढङ्गले ग्यास पाउन सकेका छैनन् ।

पुराना वितरक र बिक्रेतालाई ग्यास उपलब्ध नगराइ नयांँ सिलिण्डर डिपोजिट गर्ने बिक्रेतालाई उपलब्ध गराउँदै आएका कारण पुराना वितरक र बिक्रेताको लगानी जोखिममा परेको छ । एलपी ग्यास बिक्रेता सङ्घका जिल्ला अध्यक्ष नारायणप्रसाद पौडेल विभिन्न ग्यास उद्योगले अभावको मौका छोपी कालोबजारीलाई प्रश्रय दिने गरेका बताउनुहुन्छ ।

ग्यास बिक्रेता सञ्जीवबहादुर कोइरालाले पुराना बिक्रेताका खाली सिलिण्डर नभरिएसम्म अन्य उपभोक्तालाई ग्यास दिन नहुने बताउनुभयो । अर्का बिक्रेता बालकृष्ण कोइरालाले आपूmले हप्तामा एक हजार २०० भन्दा बढी सिलिण्डर बिक्री गर्दै आएकोमा हाल उद्योगले १५० भन्दा बढी सिलिण्डर नपाएको धारणा राख्नुभयो ।

नेपाल आयल निगमले कास्कीमा स्थापित दुई उद्योगलाई गण्डकी र धवलागिरी अञ्चलका लागि ४५० देखि ५०० मेट्रिक टन ग्यास उपलब्ध गराउँदै आएको र यो अपुग भएपछि अरु ठाउँका उद्योगले आफ्ना ग्यासका सिलिण्डर बिक्री गर्दै आएका छन् । कास्कीमा एक लाख २० हजार सिलिण्डरको माग रहेको र जिल्लाका ६५ वटा बिक्रेतामार्पmत ग्यास बिक्री हुने गरेको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *