नागबेली झारबाट मनग्ये आम्दानी

Post Date : September 20, 2016 | 2:02 pm

काठमाडौं, ४ असोज । नागबेली झारबाट आम्दानी गर्न सकिन्छ भन्ने धैरैलाई थाहा नहुन सक्छ । नागबेली झारबाट पनि आम्दानी हुने थाहा पाएपछि पर्वत जिल्लाको बनौं, क्याङ लेखकाँट गाविसका बासिन्दाले नागबेली संकलन गरी बिक्री वितरण गर्न थालेका छन् ।

विगतमा लहरे झार, सिन्दुरे, बनमाला, सिमल लगायतका नाममा परिचित यस झारलाई विवाह, ब्रतवन्धका काममा ढोका सजाउने बाहेक अन्य काममा प्रयोग हुन सकेको थिएन । अहिले यही झारको कोसाबाट आम्दानी हुने थाहा पाएपछि कमेरे, छहरेका बासिन्दा यसको संरक्षणमा जुटेका छन् । अहिले यस क्षेत्रका वासिन्दाले नागबेली कोसा संकलन गरी घाममा सुकाएएर प्रशोधन गरी पाउडर बिक्री गर्ने गरेका छन् ।

विदेशमा समेत निर्यात हुने नागबेली झारको कोसाबाट निस्कने पाउडरबाट कण्डम, अस्पतालमा प्रयोग गरिने पातला प्लाष्टिकका पञ्जा, ब्यूटिपार्लरका सामान लगायत बनाइने भएकाले यसको माग निकै नै बढेको छ ।

नागबेली कोसाबाट निकालिएको पाउडर प्रतिकेजी ७ सय रुपैयादेखि ८ सय रुपैयामा बिक्री हुने गरेको छ ।

नागबेली झार १८ सय मिटरदेखि ३ हजार मिटरको उचाईसम्मका क्षेत्रमा पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *