नागरिक बचतपत्र २०७८ ‘ख’ को बिक्री आजदेखि

Post Date : February 12, 2017 | 1:03 pm

काठमाडौँ, १ फागुन । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र २०७८ ‘ख’ को बिक्री आज (फागुन १) बाट खुला गरेको छ । नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ ५ वर्ष अवधिको लागि निष्काशन गर्न लागेको बचतपत्रमा वार्षिक ब्याज दर ८ दशमलब ५० प्रतिशत तोकिएको छ । बचतपत्र खरिदका लागि २०७३ फागुन २२ गतेसम्म आवेदन दिन सकिनेछ । यसको निष्काशन मिति २०७३ फागुन २७ गते रहेको छ । यसको सेवा भुक्तानी २०७८ साल फागुन २७ गते हुनेछ । यस बचतपत्रको ब्याज प्रत्येक ६/६ महिनामा भुक्तानी गरिने व्यवस्था छ ।

बचतपत्र खरिदकर्ताले घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमममा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने रकममा आवेदन दिन सक्नेछन् । यस बचतपत्रबाट प्राप्त ब्याजमा ब्याज कर लाग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *