नागरिक लगानी कोष ऐन पहिलो पटक संशोधन

Post Date : May 3, 2016 | 9:05 am

नागरिक लगानी कोषको नागरिक लगानी कोष ऐन पहिलो पटक संशोधनको अन्तिम चरणमा रहेको छ । कोष स्थापना भएको २५ वर्षपछि ऐन संशोधन हुन लागेको हो । सरकारी पब्लिक कम्पनीमा मात्र लगानी गर्ने व्यवस्था भएको ऐन संशोधन पछि कोषले विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका निक्षेप रकम ठूला ठूला परियोजनामा लगानी गर्न सक्नेछ ।

बचतकर्ताबाट संकलन गरेको ३५ अर्बभन्दा बढी रकम बैंक तथा वित्तीय संस्थामा राखेको छ । सीमित क्षेत्रमा मात्र लगानी गर्नु पर्ने वाध्यताले गर्दा कोषले आ.व. २०७०/०७१ मा ६७ अर्ब २२ करोड रुपैया संकलन गरेकोमा ३५ अर्ब ३४ करोड रुपैया मात्र बैंक तथा वित्तीय संस्थामा राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *