नाडाको ‘११ औँ अटो सो’ सुरु

Post Date : August 30, 2016 | 4:51 pm

काठमाडौँ, १४ भदौ । नेपालभर सबै ब्रान्डका मोटरगाडी उपलब्ध गराउने उद्देश्यले अटोमोबाइल्स एसोसियसन अफ नेपाल(नाडा)को ‘११ औँ अटो सो’ आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ ।

उक्त प्रदर्शनीको उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गर्नुभयो । प्रदर्शनीमा ७४ कम्पनीका एकसय २५ कक्ष राखिएका छन् । बर्सेनि आयोजना गर्दै आइरहेको मेलाको उद्देश्य यस क्षेत्रको समग्र विकास र प्रवद्र्धनमा टेवा पु¥याउनु रहेको नाडाका अध्यक्ष अन्जन श्रेष्ठले बताउनुभयो ।

प्रदर्शनीका संयोजक तथा सिप्रदी ट्रेडिङ् प्रालिका कार्यकारी अधिकृत शम्भु दाहालले प्रदर्शनीस्थल अपुग भएकाले सबै व्यवसायीलाई समेट्न नसकेको बताउनुभयो । छ दिनसम्म चल्ने उक्त प्रदर्शनीको ५० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । रासस

nada 2

nada 3

Leave a Reply

Your email address will not be published. Required fields are marked *