नाम्चेबजारमा काष्ठमण्डप डेभलपमेन्ट बैंकको एटिएम

Post Date : December 1, 2016 | 11:20 am

काठमाडौँ, १६ मङ्सिर । काष्ठमण्डप डेभलपमेन्ट बैंकले विश्वको सर्वोच्च शिखर सगरमाथा जाने प्रवेशद्वार नाम्चेबजारमा एटिएम संचालनमा ल्याएको छ । ११ हजार २ सय ८६ फिट उचाईमा रहेको नाम्चेमा एटिएम काउण्टर संचालनमा ल्याएर खुम्बु क्षेत्र पदमार्गमा जाने पर्यटकलाई नगद बोकेर हिँड्नु पर्ने झन्झटको अन्त्य गरिदिएको बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

बैंकले काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलस्थित होटल आट्समा पनि एटिएम सेवा संचालनमा ल्याएको छ । यससँगै बैंकको एटिएम संख्या १० पुगेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *