निक्षेपकर्तालाई क्षतिपूर्ति दिन सुरु

Post Date : May 1, 2016 | 10:44 am

निक्षेप तथा कर्जा सुरक्षण निगमले हिमालय फाइनान्स लिमिटेडका निक्षेपकर्तालाई क्षतिपूर्ति दिन सुरु गरेको छ । हिमालय फाइनान्स लिमिटेडका १ हजार ८ सय ४३ निक्षेपकर्ताको ११ करोड ४० लाख रुपैया भन्दा बढी रकम क्षतिपूर्ति दिएको छ ।

सरकारले निक्षेप सुरक्षण २०६७/०६८ को बजेट मार्फत कार्यक्रम सुरु गरेको हो । नेपाल राष्ट्र बैंकले पनि सोही अनुरुप आ.व. २०६७/०६८ मा “ख”, “ग” र “घ” वर्गका वित्तीय संस्थालाई र आ.व. २०६८/०६९ मा वाणिज्य बैंकलाई २ लाख रुपैयासम्म निक्षेप सुरक्षण गराउन निर्देशन दिएको थियो ।

सोही अनुसार हालसम्म १९० बैंक तथा वित्तीय संस्थामा १ करोड ३० लाख निक्षेपकर्ताको ३ खर्ब १९ अर्ब रुपैया निगमसँग निक्षेप सुरक्षण रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *