निक्षेप संकलन उपकरणको बोलकबोल

Post Date : August 13, 2016 | 11:55 am

काठमाडौं, २९ साउन । नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागले ५ अर्ब रुपैयाको निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन यही श्रावण ३० गते गर्ने भएको छ ।

यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र भाग लिन पाउनेछन् । बोलकबोलको माध्यमबाट ब्याज दर निर्धारण हुनेछ । यसको साँवा तथा ब्याजको भुक्तानी २०७३ कार्तिक २७ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *