निजी सम्पत्ती बेचबिखनमा १० प्रतिशत अग्रिम कर लाग्ने

Post Date : July 28, 2016 | 11:25 am

काठमाडौं, १३ साउन । आन्तरिक राजश्व विभागले निजी सम्पत्ती बेचबिखनमा १० प्रतिशत अग्रिम कर असुल गर्ने भएको छ । विभागले २०७३ साउन १ गतेबाट एकलौटी फर्म, कम्पनी, गैरसरकारी संस्था, ट्रष्ट, निजी विद्यालय, विश्वविद्यालय लगायतका नियकाले सम्पत्ती बेचबिखन गर्दा आयमा १० प्रतिशत अग्रिम कर लगाउन थालेको छ ।

यी निकायले आफ्नो स्वामित्वको जतिसुकै मूल्यको जग्गा वा भवन बिक्री गर्दा भएको लाभमा रजिष्ट्रेसनका बखत १० प्रतिशत अग्रिम कर असुल गर्ने विभागको विञप्तीमा उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *