निजी स्कुल पनि मर्जरमा, प्याब्सनका अध्यक्षकै स्कुल मर्ज भयो

Post Date : April 5, 2016 | 11:06 am

बैंक तथा वित्तीय संस्थाहरुबीच मर्जरको प्रक्रिया चलिरहेका बेला मर्जर अब निजी शिक्षण संस्थामा पनि भित्रिएको छ ।

निजी तथा आवासीय विद्यालयहरुको संगठन (प्याब्सन)का अध्यक्ष लक्ष्यबहादुर केसीले निजी शिक्षण संस्थामा मर्जर भित्र्याउनु भएको हो । केसी संचालक रहेको सुर्योदय, प्याब्सनकै पूर्व अध्यक्ष भोजबहादुर शाहको आनन्दभूमि र ब्लु स्काइ स्कुल आपसमा गािभएका छन् । तीन स्कुलका संचालकहरुले मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गरी गाभिएको स्कुलको नाम एस ए बी पब्लिक स्कुल राखिएको जानकारी दिएका छन् । एस ए बी पब्लिक स्कुलको प्राथमिक कक्षा सुर्योदयको भवनमा तथा निम्न माध्यमिक र माध्यमिक कक्षा आनन्दभूमिको भवनमा संचालन गरिने संचालकहरुले बताएका छन् । स्कुल सुर्योदय एजुकेशन फाउण्डेशन अन्र्तगत संचालन हुने छ । फाउण्डेशनका अध्यक्ष लक्ष्यबहादुर केसीले बलियो जग बनाएर गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि तीन वटा विद्यालयबीच मर्ज गरिएको भन्दै विद्यालयहरुलाई मर्ज गराउन सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले मानव संशाधनको मिलान र कर छुटमा सहयोग गरेर सरकारले मर्जरलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

मर्जरमा गएका स्कुलहरु काठमाडौको मैतीदेवी क्षेत्रका हुन् । सरकारी नियमनको अभावमा काठमाडौमा घरै पिच्छे खुलेका निजी विद्यालयमध्ये कतिपय विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा छन् । कुनै बेलाको चर्चित आनन्दभूमि स्कुल पछिल्ला केही वर्षयता विद्यार्थीको संख्या घटेपछि घाटामा संचालित थियो । आनन्दभूमि २९ वर्ष, सुर्योदय ३१ वर्ष तथा ब्लु स्काइ १९ वर्ष पुराना स्कुल हुन् । तीन स्कुलले आपसमा मर्जसँगै मानवशास्त्र र एसियाली अध्ययनमा विशेषज्ञता हासिल गरेका अमेरिकाको कोलोराडोका मार्क विबर्सलाई प्रिन्सिपलको जिम्मेवारी दिएका छन् । आनन्दभूमिका संचालक भोजबहादुर शाह र ब्लु सकाइका संचालक प्रेम वली भने फाउण्डेशनको निर्देशकको जिम्मेवारीमा बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *