निरन्तर अोरालो लागेको शेयरबजारमा सुधार

Post Date : August 16, 2016 | 5:47 pm

काठमाडाैं, ३२ साउन । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा २२.६४ अंकले बढेर १७१७.४५ बिन्दुमा पुगेको छ । कुल ६०६८ कारोवारबाट २० लाख ३८ हजार ९१४ कित्ता शेयर किनबेच भई १ अर्ब ६ करोड ३१ लाख ७५ हजार २९४ रुपैयाको कारोवार भएको छ ।

अाज साताको तेस्रो दिन भने निरन्तर अोरालो लागेको शेयरबजारमा सुधार भएको छ । सबै समूहहरूको कारोवार अंक बढेको छ ।

वाणिज्य बैंकहरुको २१.२६ अंकले बढेर ४९ करोड ६९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको ७८.२१ अंकले बढेर ४३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । विकास बैंक समूहको १६.५८ अंकले बढेर १४ करोड ३२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको ११.८५ अंकले बढेर ४ करोड ३५ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । फाइनान्स समूहको ११.०६ अंकले बढेर ३ करोड ५३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बीमा कम्पनीहरुको १७२.११ अंकले बढेर २३ करोड ८७ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै उत्पादन समूहको ८.४६ अंकले बढेर ६३ हजार २४० रुपैयाको कारोवार भएको छ भने अन्य समूहको ६.९४ अंकले बढेर २ करोड १३ लाख ५९ हजार २०० रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी नेपाल बंगलादेश बैंक लिमिटेडको ७ करोड ३३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ कराेड ४० लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *