निर्माण भइरहेको पाँचतारे होटल “म्यारियट” मा बैंकको लगानी

Post Date : May 6, 2016 | 12:08 pm

काठमाडौं महानगरपालिका वडा नं. १, नागपोखरीमा निर्माण भइरहेको पाँचतारे होटल “म्यारियट” मा एनएमबी बैंकको नेतृत्वमा ३ अर्ब २० करोड रुपैया लगानी हुने भएको छ । यस होटलमा एनएमबी बैंक सहित प्रभु बैंक र नेपाल बंगलादेश बैंक समेतको ऋण लगानी हुन लागेको हो ।

उक्त होटलको निर्माणमा ४ अर्ब रुपैया लगानी हुने अनुमान गरिएको छ । १२ रोपनी क्षेत्रफलमा फैलिने यो होटलमा ३ सय २० कोठा हुनेछ । सन् २०१८ को मध्यसम्ममा होटल निर्माण सकिएर संचालनमा ल्याउने लक्ष्य रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *