नीति तथा कार्यक्रम पारित

Post Date : May 13, 2016 | 4:18 pm

काठमाडौँ, ३१ वैशाख । व्यवस्थापिका–संसद्ले आर्थिक वर्ष २०७३÷०७४ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २६ गते सदनमा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममाथि सदनमा चार दिनसम्म छलफल भएको थियो ।

छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले आज जवाफ दिनुभएपछि निर्णयार्थ प्रस्तुत गरिएको उक्त प्रस्तावलाई ध्वनिमतका आधारमा बहुमतले अनुमोदन गरेको हो ।

नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकाल प्रस्तावक र एमाओवादीका प्रमुख सचेतक हितराज पाण्डे समर्थक रहनुभएको उक्त प्रस्तावमा भनिएको छ– “राष्ट्रपतिद्वारा व्यवस्थापिका–संसद्को दोस्रो अधिवेशनलाई वैशाख २६ गते आइतबारका दिन गर्नुभएको सम्बोधनको लागि व्यवस्थापिका–संसद्को यो बैठक राष्ट्रपति महोदयमा धन्यवाद ज्ञापन गर्दछ ।”

यसअघि सो प्रस्तावमाथिका संशोधन कर्ता काँग्रेसका सांसद रमेश लेखकको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिएकोमा सदनले बहुमतले अस्वीकृत गरेको थियो ।

त्यस्तै धन्यवादको प्रस्तावमाथि सांसदहरु नेपाल मजदुर किसान पार्टीका सांसदद्वय प्रेम सुवाल र अनुराधा थापामगरले राख्नुभएको संशोधन प्रस्ताव समेत सभाको बहुमतले अस्वीकृत ग¥यो । खुम्बुवान राष्ट्रिय मोर्चा नेपालका सांसद रामकुमार राईको प्रस्ताव समेत बैठकले अस्वीकृत गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *