नुवाकोटको छहरेमा कृषि विकास बैंकको २४८औं शाखा

Post Date : June 20, 2016 | 12:32 pm

काठमाडौं । कृषि विकास बैंकले नुवाकोटको छहरेस्थित थाङसिङमा २४८औं बैंकिङ्ग कार्यालय स्थापना गरी संचालनमा ल्याएको छ । बैंकले पूर्ण आधुनिक कारोवार सीबीएस प्रणालीसहितको बैंकिङ्ग कार्यालय संचालनमा ल्याएको हो ।
पूर्व अर्थमन्त्री डा. रामशरण महतले उक्त शाखाको उद्घाटन गर्नु भएको थियो ।

उद्घाटन गर्दै पूर्व अर्थमन्त्री डा. महतले यस क्षेत्रमा एउटा पूर्ण बैंकिङ्ग सेवा संचालन गर्ने अभिप्रायले बैंक शाखा संचालनमा आएको हुँदा जनताका लागि खुशीको विषय भएको बताउनु भएको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले बैंकको निक्षेप संकलनमा विशेष ध्यान दिई गुणस्तरीय कर्जा लगानीमा ध्यान दिनुपर्ने र गाउँ गाउँको विकासमा कृषि विकास बैंकले महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *