नुवाकोटको छहरे, थानसिंहमा कृषि विकास बैंकको शाखा

Post Date : July 6, 2016 | 11:23 am

काठमाडौं, २२ असार । कृषि विकास बैंकले नुवाकोटको छहरे, थानसिंहमा शाखा स्थापना गरेको छ । यो बैंकको २४८ औं शाखा हो । जिल्लामा यसअघि त्रिशुली, ढुंगे र खरानीटारमा शाखा भए पनि कर्जा लिनका लागि काठमाडौं नै जानु पर्ने वाध्यता रहेकामा यस आसपास क्षेत्रमा रहेका बासिन्दाले अब छहरे, थानसिंहबाट नै सेवा पाउने भएका छन् । यस शाखाबाट अब निक्षेप राख्न, कर्जा लिन, बैंक जमानत, लकर सुविधा, प्रतितपत्र खोल्न, सुन धितो कर्जा, रेमिट्यान्स सुविधा उपलब्ध हुने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *