नेपल बंगलादेश बैंकले ३२% बोनस शेयर र १० बराबर ८ को अनुपातमा हकप्रद शेयर दिने

Post Date : September 27, 2016 | 4:18 pm

काठमाडौं, ११ असोज । नेपाल बंगलादेश बैंकको मिति २०७३ असोज ६ मा बसेको संचालक समितिको बैठकले चुक्ता पुँजीको ३२ प्रतिशत बोनस शेयर जारी गर्ने र बोनस शेयर वितरण पश्चात आर्थिक वर्ष २०७२।७३ को खुद मुनाफाबाट १० बराबर ८ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ ।

सो प्रस्ताव बैंकको २०७३ कार्तिक ८ गते सोमबार बस्ने २२ औं वार्षिक साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।

बैंकले गत आर्थिक वर्ष २०७२।७३ को असार मसान्तमा १ अर्ब १९ करोड ८२ लाख ९८ हजार रुपैया खुद मुनाफा गरेको छ । सोही अवधिमा बैंकले ३९ अर्ब ८७ करोड ४२ लाख निक्षेप संकलन गरी ३२ अर्ब ५२ करोड ८३ लाख रुपैया कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रीय कर्जा अनुपात ०.७१ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *