नेपालको कुल गार्हस्थ्य उत्पादनमा रेमिट्यान्सको भूमिका

Post Date : April 15, 2016 | 1:16 pm

विदेशमा रहेका नेपालीहरूले पठाएको रकम कुल गार्हस्थ्य उत्पादन (जिडीपी) को २९.४ प्रतिशत रकम पठाएका छन् । जिडीपीको तुलनामा नेपालीले पठाएको रेमिट्यान्स विश्वमै तेस्रो धेरै हो ।

सन् २०१४ को तुलनामा रेमिट्यान्स ६ प्रतिशतबाट बढेर २९.४ प्रतिशत पुगेको हो । ताजकिस्तानको जिडीपी रेमिट्यान्स अनुपात ३६.६ प्रतिशत अर्थात ३.१ अर्ब अमेरिकी डलर छ । दोस्रोमा रहेको क्रिज रिपब्लिकको जिडीपी रेमिट्यान्स अनुपात ३०.३ प्रतिशत अर्थात १.७ अमेरिकी डलर भित्र्याएको छ । २७.१ प्रतिशत जिडीपी रेमिट्यान्स अनुपात रहेको टोङ्गो नेपाल भन्दा पछाडि चौथो स्थानमा छ । “रेमिट्यान्स एण्ड माइग्रेसनः रिसेन्ट डेभलपमेन्ट्स एण्ड आउटलुक” शीर्षकमा विश्व बैंक ग्रुपको सहभागितामा गरिएको अध्ययनले नेपाल लगायतका दक्षिण एसियाका मुलुकमा दुई वर्षसम्म अझै रेमिट्यान्स भित्रिने दर सकारात्मक हुन सक्ने प्रक्षेपण गरेको छ । सन् २०१४ मा नेपाल तेस्रो स्थानमै थियो ।

भारत सन् २०१५ मा सबैभन्दा बढी रेमिट्यान्स प्राप्त गर्ने मुलुक हो । भारतमा २०१५ मा ६८ अर्ब ८० करोड अमेरिकी डलर रेमिट्यान्स भित्रिएको छ । त्यस्तै रेमिट्यान्स भित्र्याउने दोस्रो मुलुक चीनले ६३.९ अर्ब अमेरिकी डलर र तेस्रो मुलुक फिलिपिन्सले २८.५ अमेरिकी डलर भित्र्याएको छ । सन् २०१५ मा नेपालमा ७ अर्ब अमेरिकी डलर भित्रिएको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *